कास्की १ मा एमालेबाट एक जना महिलामात्र सिफारिश

पाेखरा | भदौ १९, २०७९

कास्की १ मा एमालेबाट एक जना महिलामात्र सिफारिश

 

पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् ।

 

सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् । 

 

 

 

प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।

 

एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना,  रामराज अधिकारी र  पुष्प अधिकारी रहेका छन् ।

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्